+
+

परराष्ट्र मन्त्रालयमा नायब सुब्बा संघर्ष समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १८:०७

२४ साउन, काठमाडौं । परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका छन् ।

तलब वृद्धिको विषयलाई लिएर सुरु भएको नायब सुब्बा बचाउ आन्दोलनमा ऐक्यबद्धता स्वरुप मंगलबार मन्त्रालय परिसरमा भेलाको आयोजना गरी नायब सुब्बाहरुले संघर्ष समिति गठन गरेका हुन् ।

परराष्ट्र मन्त्रालय आधिकारिक ट्रेड युनियनका अध्यक्ष रमेश गैरेको संयोजकत्वमा गठित ७ सदस्यीय संघर्ष समितिमा मन्त्रालय, राहदानी विभाग तथा कन्सुलर सेवा विभागमा कार्यरत नायब सुब्बाहरु सदस्य रहेका छन् । सदस्यहरुमा कुलचन्द्र अर्याल, भोजकुमार भट्टराई, गीता घिमिरे, दिपक शर्मा, सुरज अम्गाईं र दीपराज जोशी छन् ।

संघर्ष समितिले नायब सुब्बा बचाउ आन्दोलनमा परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरुको तर्फबाट समन्वय गर्ने जनाएको छ ।

परराष्ट्र सेवामा कार्यरत नायब सुब्बा तहका कर्मचारीहरुको वृत्ति विकासको अवस्था अत्यन्तै दयनीय हुँदा नायब सुब्बाबाटै अवकाश पाउने अवस्था रहेको, वैदेशिक तालिम तथा भ्रमणमा नायब सुब्बा तहका कर्मचारीहरुमाथि विभेद भएको, नियोग तथा मन्त्रालयमा रहेका दरबन्दीको अनुपात नमिल्दा सुब्बाहरुलाई नियोग सरुवामा लामो समय लागेको, नायब सुब्बाहरुको वैदेशिक भत्ता अन्यन्त न्यून हुनुका साथै सन्ततिहरुको शैक्षिक भत्तामा समेत असमानता रहेकोले आफ्नो हकहित र वृत्ति विकासका मागहरु पूरा गराउन संघर्ष समिति गठन गरिएको संयोजक गैरेले बताए ।

संघर्ष समितिले आफ्ना मागहरु पूरा गराउनका लागि परराष्ट्र मन्त्री तथा परराष्ट्र सचिवलाई ज्ञापन पत्र बुझाउनुका साथै आधिकारिक ट्रेड युनियन र अन्य पेशागत संगठनका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम समेत तय गरेको छ ।

असमान तलब वृद्धि खारेज गरी समान रुपमा सबै दर्जाको तलब वृद्धि गर्नुपर्ने, राजपत्र अनंकित कर्मचारीहरुको समेत वृत्ति विकासको अवसर सुनिश्चित गरी संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने, निजामती सेवामा तहगत प्रणाली लागू गर्नुपर्ने लगायतका माग राखी देशभरका नायब सुब्बा तथा खरिदार तहका कर्मचारीहरु सोमबार देखि आन्दोलनमा छन् ।

आन्दोलन स्वरुप देशभरका नायब सुब्बाहरुले मंगलबार सामूहिक विदा लिएका छन् । परराष्ट्र मन्त्रालयका नायब सुब्बाहरु पनि मंगलबार हाजिर नगरी मन्त्रालयमा भेला भई नायब सुब्बा बचाउ आन्दोलनमा सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?