+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १२:४७

२५ साउन, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य ९७ हजार एक सय र तेजावी सुनको मूल्य ९६ हजार ६ सय रुपैयाँ तोकिएको छ । मंगलबार छापावाल सुनको मूल्य ९६ हजार ९ सय र तेजावी सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।

बुधबार चाँदीको प्रतितोला मूल्य १ हजार २३० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २४० रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?