+
+

देशको सिमाना कति हो नेताहरुले नै भन्न सक्दैनन् : खतिवडा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १८:०५

२५ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले देशको सीमाना सुरक्षित छ वा छैन भन्ने कुरा प्रधानमन्त्रीले नै भन्न नसक्ने टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको चार किल्ला कहाँ छ भन्ने कुरा कुनैपनि नेतालाई थाहा नरहेको बताएका हुन् ।

उनले मेची र महाकाली सीमाना भनिरहँदा त्यसबीचका कति भूभागमा अतिक्रमण भएको छ भन्ने बारेमा सबै अञ्जान रहेको बताए । नेता खतिवडाले प्रधानमन्त्री, राजनीतिक दलका नेता र पार्टी अध्यक्षले देशको ठीक सीमाना भन्न सकेको दिन सच्चा देशभक्त ठहरिने धारणा राखे ।

‘हाम्रो चार किल्ला मेची र काली त भन्यौँ तर मेची र कालीभित्रको भूभाग पक्का हाम्रो छ भन्ने ग्यारेन्टी छ ? देशका प्रधानमन्त्रीले त्यो भन्न सक्नुहुन्छ ? राजनीतिक दलका नेताहरुले, पार्टीका अध्यक्षहरुले त्यो भन्न सक्नुहुन्छ ? म पूर्ण विश्वस्त छु, सक्नुहुन्न’ उनले भने ।

नेता खतिवडाले सीमानामा काँडेतार लगाउनुभन्दा पहिला नेता र राजनीतिक दलहरुले मस्तिष्कमा काँडेतार लगाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?