+
+

कोशीटप्पु वन्यजन्तु आरक्षमा शिकार गरेको आरोपमा ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १९:०९

२५ साउन, उदयपुर । नेपाली सेनाले कोशीटप्पु वन्यजन्तु आरक्षमा चित्तलको शिकार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्‍जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले बुधबार श्रीलंका टप्पुस्थित भागलपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सेनाले उनीहरुको साथबाट ६३ केजी जनावरको मासु, २ नाल भरुवा बन्दुक, एक प्याकेट टिका बारुद, ४ वटा खुकुरी बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयलाई बुझाइएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?