+
+

दोलखामा पहिरो, सिंगटी बजारका घर जोखिममा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते ८:१६

२७ साउन, काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् । अति जोखिममा परेका घरका बासिन्दाहरु त्यहाँबाट विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । गएरातिको वर्षासँगै झरेको पहिरोले थप घरहरुमा क्षति पुगेको छ । ‘पहिरोले खोलिखोम एरियाका ३० वटा जति घर जोखिममा परेका छन् । हामीले जोखिममा परेकाहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा पठाइसक्यौं,’ जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्सपेक्टर सानु तामाङले भने ।

उनका अनुसार इलाका प्रहरी कार्यालय सिंगटीको भवन पनि जोखिममा छ । उनका अनुसार बजारका घर र पसलहरुमा लेदो माटो छिरेको छ । बसाइ जोखिमपूर्ण भएपछि केही मानिसहरु वरपरका घर र आफन्तको बसेका छन् ।

पहिरोले बजार क्षेत्रको बाटो अवरुद्ध भएपछि पहिरो पन्छाएर खुलाउने काम भइरहेको इन्सपेक्टर तामाङले बताए ।

हालै बजारभन्दा माथितिरबाट बाटो बनाइएको थियो । सो बाटो बनाएदेखि पहिरोले दुःख दिन थालेको स्थानीय बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?