+
+

न्यान्सी पेलोसीले भनिन्- ताइवान भ्रमणबाट पछुतो छैन, चीनको दबाब स्वीकारिन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते ११:१८

२६ साउन, काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानलाई अमेरिकाको साथ छ भन्ने सन्देश दिन आफूले ताइवान भ्रमण गरेको बताएकी छन् । उनले ताइवानमाथि चीनको दबाब अमेरिकालाई स्वीकार्य नहुने पनि बताएकी छन् ।

पेलोसीले यही साउन १७ ताइवान भ्रमण गरेकी थिइन् । उनको भ्रमणका कारण चीन-अमेरिका र चीन-ताइवानबीच तनाव बढेको थियो । उनी ताइवानबाट फर्किएलगत्तै चीनले ताइवान वरपर सैन्य अभ्यास गरेको थियो । उक्त सैन्य अभ्यास चीनले अन्त्य भएको घोषणा गरेको छ ।

चिनियाँ सैन्य अभ्यास सकिएलगत्तै पेलोसीले ताइवानको लोकतन्त्रलाई समर्थन गर्न र ताइवान एक्लो छैन भन्ने सन्देश दिन आफूले त्यहाँको भ्रमण गरेको बताएको बीबीसीले जनाएको छ ।

ताइवान भ्रमण टोलीको एक सदस्य ग्रेगरी मिक्सले पनि अमेरिका आफ्ना साथीहरुसँगै छ भन्ने देखाउन ताइवान भ्रमण भएको बताएको बीबीसीको समाचारमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?