+
+

मानवीय धरापमा मारिएको हात्ती मकुनाको उत्तराधिकारी मकुनागज

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १३:२७

२६ साउन, विराटनगर । कोसी टप्पु बन्यजन्तु आरक्षको हात्तीसारमा जन्मिएको भाले छावाको नाम मकुनागज राखिएको छ ।

आरक्षमा रहेको १४ वर्षीय लक्ष्मीकली नाम गरेको मत्ता हात्तीले साउन ९ गते भाले छावा जन्माएको थियो । लक्ष्मीकलीको पहिलो सन्तानको नाम मकुनागज राखिएको हात्तीसारका अधिकृत रामगुलाम चौधरीले जानकारी दिए ।

मकुनागजको बुबाको नाम मकुना थियो । आरक्षमा बस्दै आएको जंगली हात्ती मकुना गत असोज १७ गते मानवीय धरापमा मारिएको थियो । मकुनाकै सम्झनामा मकुनागज नाम राखिएको आरक्षले जनाएको छ ।

अधिकृत चौधरीका अनुसार लक्ष्मीकली पनि आरक्षमै जन्मिएको हात्ती हो । लक्ष्मीकली आरक्षको पुरानो ५८ वर्षीय हात्ती शोभाकलीको सन्तान हो । लक्ष्मीकलीले पनि सन्तान जन्माएपछि आरक्षमा रहने हात्ती तीन पुस्ता सम्मका भएका छन् ।

गत मंसिर ११ गते शोभाकलीले पनि छावा जन्माएकी थिइन् । शोभाकलीको जन्माएको छावाको नाम रामसारगज राखिएको थियो । तर जन्मिएको २२ दिनमै रामसारगजको मरेको थियो ।

आरक्षको हात्तीसारमा शोभाकली, दमदमीकली, अम्रिकाकली, सरस्वतीकली, लक्ष्मीकली, कोसीकली र कुसाहाकली गरी सातवटा ढोई र दुई भाले हात्ती उत्तरगज र मकुनागज गरी जम्मा ९ वटा सरकारी घरपालुवा हात्ती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?