+
+
Shares

हात्तीको छावा मृत फेला

बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १४ गते १३:३०
Photo Credit : फाइल तस्बिर

१४ जेठ, इनरुवा (सुनसरी) । बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा मृत अवस्थामा फेला परेको छ ।

गए राति जब्दी क्षेत्रबाट जङ्गलतर्फ बथानसहित जाँदैगर्दा हात्तीको छावा पानीको दलदलमा फसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

बिहीबार स्थानीयले दहमा हात्तीको बच्चा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?