+
+
Shares

खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको विमान कोलकाता डाइभर्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १४:३६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको कलकत्ता डाइभर्ट भएको छ।
  • नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप दिन लागेको खगेन्द्रप्रसाद र रुद्रकली हात्ती बोकेको विमान कलकत्ताबाट भैरहवा आउनेछ।
  • चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई विमानस्थलनजिकै कन्टेनरमै खाना खुवाएर राखिएको छ र भैरहवाबाट कतार पुग्न ४ घण्टा लाग्नेछ।

२ पुस, काठमाडौं । नेपालबाट दुईवटा हात्ती लैजान आएको कतार एयरवेजको कार्गो चार्टर विमान खराब मौसमका कारण भारतको कोलकाता डाइभर्ट भएको छ । खराब मौसमका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि विमान कोलकाता डाइभर्ट भएको थियो ।

उक्त विमान नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप दिन लागेको खगेन्द्रप्रसाद र रुद्रकली लिन आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार विमान भैरहवामा अवतरण सम्भव नभएपछि कोलकाता डाइभर्ट भएको थियो ।

‘खराब मौसमका कारण विमान अवतरण गर्न सकेन । ७-८ फन्को लगाएपछि पनि मौसम नखुलेपछि जहाज कोलकाता डाइभर्ट भएको थियो,’ उनले भने, ‘अब जहाज केहीबेरमा कोलकाताबाट भैरहवा आउनेछ । त्यसपछि हात्तीलाई कतार पठाइन्छ ।’

उनका अनुसार अहिले हात्तीलाई विमानस्थलनजिकै कन्टेनरमै खाना खुवाएर राखिएको छ । हात्ती बोकेको विमान भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने उनको भनाइ छ ।

खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान चितवनबाट भैरहवा पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?