+
+
Shares

बाढीमा बगेका हात्तीको छावालाई उद्धार गरेर आमासँग पठाइयो

माउबाट छुट्टिएको बच्चालाई भारतीय पक्षलाई बोलाएर जिम्मा लगाइएको उनले बताए । सीमा क्षेत्रमा भारतीय वन रक्षकलाई बोलाएर स्थानीयले हात्तीको छावा जिम्मा लगाएका हुन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ असोज १९ गते १९:१९
Photo Credit : देवेन्द्र कुमार खरेल

१९ असोज, विराटनगर। भारतीय क्षेत्रबाट प्राय हरेक दिन राति झापाको बाहुनडाँगी आउने हात्तीको बथान हरेक बिहान भारततर्फ फर्कन्छ। यो प्रक्रिया वर्षौदेखि निरन्तर छ ।

शनिबार राति बाहुनडाँगी आएको हात्तीको बथान आइतबार बिहान फर्कदा समस्यामा पर्‍यो। नेपाल– भारत सीमा भएर बग्ने मेची नदीमा आएको बाढीका कारण सुरुमा हात्तीको बथान तर्न सकेन । तर, एक झुण्ड भएर तर्दा ठूला हात्ती खोला तरे। तीन वटा छावा भने मेची नदीमा बगे।

‘हिजो आउँदा बाढी थिएन, आज फर्कंदा एकदमै ठूलो बाढी थियो मेची नदीमा’, संरक्षणकर्मी देवेन्द्र कुमार खरेल भन्छन्,‘ बाढीका कारण सुरुमा खोला तर्न सकेनन्, दुई तीन घण्टामा पानी घटेपछि सबै बच्चालाई तारेर लगे।’

उनका अनुसार नदी तर्ने क्रममा बगेका मध्ये दुई वटा हात्तीको छावा भारततर्फ गए ।

नेपालतर्फ आएको एउटा छावालाई सीमा क्षेत्रमा रहेका बासिन्दाले बग्दै गरेको नदीबाट उद्धार गरेका थिए । खरेलका अनुसार खोलामा करिब ३ किलोमिटर बगेपछि स्थानीयले उद्दार गरे ।

बच्चा बगेपछि खोला तरिसकेको माउ हात्ती एक्लै फर्किएर नेपालतर्फ आयो। आफ्नो बच्चा खोज्दै हात्ती केही समय कराएको थियो। नभेटेपछि बिरक्तिएको हात्ती भारततर्फ नै गयो ।

माउबाट छुट्टिएको बच्चालाई भारतीय पक्षलाई बोलाएर जिम्मा लगाइएको उनले बताए । सीमा क्षेत्रमा भारतीय वन रक्षकलाई बोलाएर स्थानीयले हात्तीको छावा जिम्मा लगाएका हुन् ।

‘ माउ र बच्चाको मिलनका लागि संरक्षणकर्मीले भारतीय पक्षलाई बुझाएको हो। ‘ माउ जता छ, उतै पठाइएको हो,’ संरक्षणकर्मी खरेलले भने,‘ वन्यजन्तुको विषयमा भारतीय पक्ष पोख्त छन्, उहाँहरुले त्यहीँ बथानमा पुर्‍याउँछन् भन्नेमा आसावादी छौं।’

उनका अनुसार मेचीनगर नगरपालिका– ४ बाटा बगाएको छावालाई मेचीनगर-५ बाट उद्दार गरिएको थियो । कलिलो देखिने छावा खोलामा बग्दा खुट्टामा चोट लागेको थियो ।

 

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?