+
+

वाईसीएलले दियो कार्यकर्तालाई वित्तीय साक्षरता तालिम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १२:००

२८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले कार्यकर्ताका लागि वित्तीय साक्षरता तालिम आयोजना गरेको छ ।

‘आत्मनिर्भताका लागि उद्यमशीलता, उद्यमशीलताका लागि वित्तीय साक्षरता’ भन्ने नाराका साथ वाईसीएलले राजधानी काठमाडौंमा आयोजना गरिएको तालिम आयोजना गरेको हो ।

कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उदेश्यसहित  वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको वाईसीएलले जनाएको छ ।

युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।

वाईसीएल झण्डा र डण्डा बोकेर दगुर्ने संगठन नभएको भन्दै संयोजक देवकोटाले तालिममा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थिति गराइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?