+
+

रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते ८:०८

२९ साउन, काठमाडौं । काठमाडौंको रानीबारी क्षेत्रमा आज बिहान ११ बजेदेखि चार घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

बिजुलीको तार भूमिगत गर्ने काम भइरहेकाले सामाखुसी ११ केभी फिडर अन्तर्गतका रानीबारी र रानीबारी आवास क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणका सहायक इन्जिनियर लिलाभक्त चालिसेले जानकारी दिए । ‘पानी पर्यो भने काम गर्न मिल्दैन, यदि पानी परेन भने आज बिहान ११ बजदेखि ३ बजेसम्म लाइन काटेर काम थाल्छौं,’ उनले भने ।

काम छिटो सकियो भने ३ बजेभन्दा अगाडि नै र प्राविधिक कारणले काममा ढिलो भयो भने ३ बजेभन्दा पछिमात्र पनि विद्युत आपूर्ति सुरु हुन सक्ने उनले बताए ।

यसैबीच टोखा क्षेत्रमा पनि आज बिहान केहीबेर विद्युत आपूर्ति बन्द हुने भएको छ । ट्रान्सफर्मर परिवर्तन गर्न लागिएकाले आज बिहान आठ बजेदेखि साढे आठ बजेसम्म विद्युत आपूर्ति बन्द हुने सहायक इन्जिनियर चालिसेले बताए ।

काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम २०७६ फागुन ५ गतेदेखि सुरु गरिएको थियो । अबको एक वर्षभित्र काठमाडौंमा सबै तार भूमिगत गरिसक्ने लक्ष्य नेपाल विद्युत प्राधिकरणले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?