+
+

प्रश्‍नपत्र दोहोरिएको प्रतिवेदन सार्वजनिक नगरिए त्रिविविरुद्ध आन्दोलन गर्ने अनेरास्ववियू क्रान्तिकारीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १३:३२

२९ साउन, काठमाडौं । अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको प्रश्नपत्र दोहोरिएको घटनाबारेको प्रतिवेदन सार्वजनिक नगरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्‍चा सिंहले विज्ञप्ति जारी गर्दै प्रश्‍नपत्र दोहोरिएको घटना छानबिनका लागि बनाएको समितिले प्रतिवेदन सार्वजनिक नगरिएको भन्‍दै आन्दोलन गर्ने चेतावनी दिएकी हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ … व्‍यवस्थापन संकायको प्रश्‍नपत्र दोहोरिएको घटना टानबिनका लागि बनाइएको छाबिन समितिको प्रतिवेदन सत्यतथ्यसहित तत्काल सार्वजनिक नगरिए र ट्रान्सक्रसिप्ट, प्रोभिजनल, माइग्रेसनको लागि देशका विभिन्‍न क्‍याम्पसबाट फेरि त्रिभुवन विश्वविद्यालय धाउनु पर्ने अवस्था रहिरहे हाम्रो संगठन तत्काल आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौं।’

हेर्नुस् विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?