+
+

सप्तकोसी बाढी प्रभावित क्षेत्र संकटग्रस्त घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १४:०२

२९ साउन, काठमाडौं । सरकारले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीको बाढीले बढी क्षति पुर्‍याएको भौगोलिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

यही साउन १८ गते बिहान सप्तकोसीमा बाढी आएपछि एउटा भंगालो कटान गरी बस्तीमा पसेको थियो । नदी गाउँमा पसेपछि उदयपुरको वेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र प्रभावित भएका थिए ।

सप्तकोसीले कटानबाट तटीय क्षेत्रका २० हजार बढी नागरिक प्रभावित भएका छन् । बर्खा नसकिएकोले तटीय क्षेत्रमा जोखिम कायम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?