 
																			२९ साउन, काठमाडौं । बेलायत पठाइदिन्छु भनेर ५ जनासँग १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–१ का प्रकाश राईलाई पक्राउ गरेको छ ।
उनले अमिर श्रेष्ठसहित ५ जनालाई सिजनल भिसामा बेलायत पठाइदिन भन्दै ३÷३ लाख रुपैयाँका दरले रकम लिएर फरार भएको प्रहरीले जनाएको छ ।
राईले सिजनल भिसामा बेलायत जान एक जनाको ९ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक ४ लाख रुपैयाँ तलब पाइने भन्दै पीडितसँग रकम असुलेर फरार भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन भनेपछि अपराध अनुसन्धान कार्यालयले आइतबार सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई वुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा बुझाएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4