+
+

प्युठान जीप दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते २०:०४

२९ साउन, दाङ । प्युठानको नौबहिनी गाउँपालिका -६ बहानेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।

मृत्यु हुनेमा नौबहिनी- ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालकसमेत २५ वर्षीय लुकेश थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले २१ दिने शिशु चेतना बुढा, उनकी दिदी २७ वर्षीया करुणाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताए । त्यस्तै चालक थापाको भने उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उपरीक्षक थापाले बताए ।

त्यस्तै दुर्घटनामा दुई जान गम्भीर घाइते भएका छन् भने घाइते ७ जनाको उपचार भइरहेको छ । आइतबार साँझ ५ बजे प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको थियो ।

गाडी खोलाबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?