+
+

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते ८:२१

३० साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए ।

उनका अनुसार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा निर्वाचन केन्द्रित विस्तृत छलफल हुने उनले बताए ।

बैठकमा २२ बुँदे मागसहितको आन्दोलनको समीक्षा र भदौमा हुने तेस्रो चरणको आन्दोलनको प्रारुपबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?