+
+

आमा बन्दैछिन् श्वेता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १२:५३

काठमाडौं । अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । अनलाइखबरसँग कुरा गर्दै श्वेताले कात्तिक अन्त्य वा मंसिरको पहिलो सातालाई चिकित्सकले डेलिभरीको समय तोकेको जानकारी दिइन् ।

उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको छ । हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । ‘स्वास्थ्यमा केही असहजजस्तो भएपछि अहिले घरमै आराम गरिरहेको छु,’ श्वेताले भनिन् ।

धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

श्वेताले सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेको पनि बताइन् । ‘अहिलेलाई सन्तानमै फोकस छु, सन्तानलाई जन्म दिएपछि होमप्रोडक्सनको फिल्मलाई अगाडि बढाउनेछु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?