+
+

स्थानीयले गुलेली हानेपछि रोकियो फोहोर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १५:३६
बञ्चरे डाँडाका बासिन्दा र प्रहरी

३० साउन, काठमाडौं । फोहोर बोकेर गएको गाडी र सुरक्षाकर्मीलाई रोक्न बञ्चरेडाँडाका बासिन्दाले गुलेली हानेका छन् । स्थानीयबासिन्दाको अवरोध खुलाउन पुगेको प्रहरी र स्थानीयबासिन्दाबीच ठाउँ ठाउँमा झडप भएको छ । प्रहरीले स्थानीयबासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर झारेको छ । प्रहरीले लखेटेपछि स्थानीयबासीले डाँडामा बसेर गुलेली र ढुंगा प्रहार गरेका एक जना प्रत्यक्षदर्शीले जानकारी दिएक छन् ।

‘प्रहरीले फोहोर रोक्ने को हो ? हिजो विज्ञप्ति जारी गर्ने को को हो ? भन्दै घर घरमा सोधिरहेको छ । स्थानीय युवाहरु कोहि घरमा बसेका छैनन् । सबै डाँडामा चढेका छन् । ५० ट्रकजति फोहोर जबरजस्ती झारेपछि यहाँको मान्छेले ढुंगा हानेका थिए । त्यसपछि फोहोर झार्न रोकिएको छ’, एक जना स्थानीयबासिन्दाले भने ।

नेकपा एकीकृत समाजवादी धुनवेशी नगरपालिका एकका अध्यक्ष भिषण धितालले प्रहरीले दमन गरेर नै फोहोर झारेकोले झडपको स्थिति सिर्जना भएको बताए । ‘अहिले ठुलो झडप त छैन । नरोकिने हो भने यसले ठुलो रुपमा लिन्छ,’ उनले भने ।

नेपाली कांग्रेसका धुनवेशी नगरपालिका एकनम्बर वडा सभापति पूर्ण थिङले स्थानीयबासीमाथि लगाइएको झुटो मुद्दा खारेज गरेर वार्ताको वातावरण बनाउनु पर्ने बताए । काठमाडौं महानगरले आज २ सय भन्दा धेरै गाडी फोहोर बञ्चरेडाँडामा लोड गरेर पठाएको थियो । जसमा हालसम्म ५० वटा गाडीको फोहोर मात्रै झारिएको छ । अरु गाडी बाटोमै छन् ।

महानगरले नेपाल ट्रिप्पर व्यवसायी संघसँग डिजेल र चालक भत्ता दिनेगरी २ सय ५० टिपरलाई भाडामा लिएर फोहोर पठाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार भाडामा लिएका टिपरले पनि स्थानीयको अवरोधको कारण फोहोर फाल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?