+
+

ओली-त्रिपाठी भेट : चुनावमा मिलेर जानेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १५:५४

३० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।

सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटमा नागरिकता विधेयक र चुनावी गठबन्धनबारे कुराकानी भएको  त्रिपाठीले बताए ।

राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले २०७४ को प्रतिनिधिसभा चुनावमा पनि सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरी निर्वाचित भएका थिए । त्रिपाठी ओली सरकारमा छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्यमन्त्री बनेका थिए ।

गुप्ता एमाले प्रवेश गरिसके भने त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी बनाएका छन् ।

सोमबार भएको भेटमा चुनावमा ‘मिलेर जाऊँ’ भन्ने कुराकानी भएको त्रिपाठीले सुनाए । समानुपातिक र प्रत्यक्ष निर्वाचनको वर्तमान निर्वाचन प्रणालीबाट कुनै पनि दलको बहुमत नआउने भएकाले गठबन्धन अनिवार्य भएको उनले सुनाए ।

चुनावपछि हुने गठबन्धन अवसरवादी हुने भएकाले चुनावअघि नै गठबन्धन गर्नुपर्ने भन्दै त्रिपाठीले ओलीसँग भएको भेटबारे अनलाइनखबरसँग भने, ‘एउटा सत्ताधारी गठबन्धन बनेको छ । हामी पनि मिलेर जाउँ भनेर कुराकानी भएको छ ।’

उनका अनुसार नागरिकता विधेयक फिर्ता भएको विषयमा समेत ओलीसँग कुराकानी भएको थियो । हिजो ओली सरकारले पनि संसदबाट पास गरेको जस्तै नागरिकता विधेयक ल्याएको र प्रतिनिधिसभा विघटन भएपछि अध्यादेश नै ल्याएको स्मरण गर्दै त्रिपाठीले भने, ‘हाम्रो त हरहालतमा पास हुनुपर्छ भन्ने छ ।’

एमाले अध्यक्ष ओलीले चाहिँ के भन्नुभयो त भन्ने प्रश्नमा त्रिपाठीले भने, ‘राष्ट्रपतिले के (सन्देश) पठाउनुभएको छ हेर्न पाएको छैन । तर संसदको हातमा छँदैछ भन्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?