+
+

‘बाबरी’ ट्रेलर : अदितीको माया पाउन दुई धीरजको घम्साघम्सी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १६:३९

काठमाडौं । धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर स्टारर फिल्म ‘बाबरी’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुलाई चित्रण गर्छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो ।

खासमा त्रिकोणात्मक प्रेममा आधारित फिल्मले युवतीको प्रेमको लागि दुई युवकले गर्ने संघर्षलाई प्रस्तुत गर्छ । अदिती (बाबरी)लाई धीरज मगर एकोहोरो प्रेम गर्छन् । यी दुईको बीचमा नाड्करको प्रवेश हुन्छ र यसले त्रिकोणात्मक प्रेमको रुप लिन्छ । अनि सुरु हुन्छ बाबरीलाई पाउन हुने संघर्ष ।

सिक्किममा छायांकन गरिएको फिल्म नाडकरको डेब्यु फिल्म हो । ‘इन्टु मिन्टु लण्डनमा’पछि धीरज मगरको यो कमब्याक हो, जहाँ उनी क्रेजी लभरको रुपमा प्रस्तुत छन् । यसमा उनी रोमान्टिकभन्दा बढी एक्सन मुडमा देखिएका छन् । ‘कृ’पछि अदितीको यो कमब्याक हो, फिल्मा उनी डार्लिङ गर्लकै रुपमा छिन् ।

सुरेन्द्र पौडेल निर्देशित र सम्पादित फिल्ममा बादल भट्ट, कमलमणि नेपालको पनि मुख्य भूमिका छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले लेखेका हुन् । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी फिल्मका निर्माता छन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?