
३० साउन, काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएशन मधेश प्रादेशिक केन्द्रले १० बुँदे मागसहित कर्मचारी समायोजन गरेर प्रदेशमा खटाउँदा सातौ तह कायम गरेर पठाउन माग गरेको छ ।
मधेश प्रदेश प्रादेशिक केन्द्रका सभापति ई. गौरी पण्डित र सचिव ई.रामनारायण यादवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संघीय लोक सेवा आयोगको कार्यालयबाट स्थानीय तहका लागि छैठो तहमा इन्जिनियर्स खटाउँदा राजपत्रांकित तृतीय श्रेणीमा पाँच वर्षभन्दा कम सेवा अवधि भएका कर्मचारीहरुलाई सतौं तहमा नियुक्ति दिएर पठाउन माग गरेका हो ।
विज्ञप्तिमा भनिएको छ, ‘ …संघीय लोक सेवा आयोगको कार्यालयबाट आर्थिक वर्ष २०७६/७७मा स्थानीय तहका लागि छैटौं तहमा इन्जिनियरको विज्ञापन भई मधेश प्रदेशमा समेत इन्जिनियरहरु छैटौ तहमा नियुक्त गरी खटाइएको हुँदा ती इन्जिनियर्सहरुलाई नियुक्ति पाएकै मितिदेखि सातौं तहमा कायम गरियोस्।’
यस्तै स्थानीय तहमा समायोजन तथा नियुक्त भई कार्यरत इन्जिनियर्सहरुको वृति-विकासका लागि आवश्यक कानुनी व्यवस्था गरी वृति-विकासको सुनिश्चितता गर्न समेत प्रादेशिक केन्द्रले माग गरेको छ ।
उनीहरुले उक्त मागहरु मधेश प्रदेशका मुख्यमन्त्री लालाबाबु राउतलाई समेत बुझाएका छन् ।
हेर्नुस् विज्ञप्ति
प्रतिक्रिया 4