+
+

वीरगञ्जबाट ८ जना फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १०:०८

३१ साउन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट एकै दिनमा ८ जना फरार अभियुक्त पक्राउ गरेको छ । विभिन्न मुद्दामा दोषी ठहर भई पर्सा जिल्ला अदालतबाट दण्ड जरिवाना तोकिएपछि फरार रहेका ८ जनालाई पक्राउ गरिएको हो ।

२६ वर्षअघि जुवा मुद्दामा ५० रुपैयाँ जरवाना तोकिएका लगायत विभिन्न मुद्दामा पर्सा जिल्ला अदालतबाट कसुरदार ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वि.स.२०५३ साउन ३२ गतेको फैसलाले जुवा मुद्दामा दोषी ठहर भएका वीरगञ्ज २ बस्ने निरञ्जन शर्मा, वि.स.२०६९ भदौ १० गतेको फैसलाले किर्ते जालसाजी मुद्दामा दोषी ठहर भएका वीरगञ्ज १ बस्ने पानवा मलिन, वि.स. २०६३ मंसिर २१ गतेको फैसलाले कुटपिट मुद्दामा दोषी ठहर भएका वीरगञ्ज १ बस्ने मदन पण्डित, वि.स. २०६७ पुष २९ गतेको फैसलाले लुटपिट मुद्दामा दोषी ठहर वीरगञ्ज-१ मै बस्ने पनमतीया देवी तुराह, वि.स. २०७२ चैत २५ गतेको फैसलाले सार्वजनिक अपराध मुद्दामा दोषी ठहर गरेको वीरगञ्ज १ जावेद भन्ने बट्टु मिया अन्सारी पक्राउ परेका छन् ।

यस्तै,  वि.स. २०७६ माघ ०९ गतेको फैसलाले विदेशी विनिमयको मुद्दामा दोषी ठहर वीरगञ्ज-६ बस्ने कामेश्वर साह कलवार, वि.स.२०७७ चैत १९ गतेको फैसलाले चेक अनादर मुद्दामा दोषी ठहर वीरगञ्ज-१६ बस्ने रामआशिष प्रसाद बरै, वि.स. २०७८ मंसिर ०६ गतेको फैसलाले दुनियाँवादी फौजदारी मुद्दामा दोषी ठहर वीरगञ्ज-४ बस्ने कुन्दनकुमार वर्णवाललाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।

पर्सा जिल्ल्ाा अदालतले शर्मालाई ५० रुपैयाँ, पानवालाई २० रुपैयाँ, मदनलाई २५० रुपैयाँ, पानमतीयालाई ३७६७.५० रुपैयाँ, जावेदलाई २०० सय रुपैयाँ, कामेश्वरलाई २९९४८.१० रुपैयाँ, रामआशिष र कुन्दनलाई ३/३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको फैसला कार्यान्वयन टोलीले ११ जनालाई पक्राउ गरी साउन २९ गते पर्सा जिल्ला अदालतलाई बुझाएको थियो । अदालतले ३ जनाको लगत कट्टा मात्रै नगरेको पाइएपछि उनीहरु तत्कालै रिहा भएका थिए भने बाँकी ८ जनाले अदालतले तोकेको जरिवाना तिरेर घर फर्किएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान, जबरजस्ती करणी, बैकिंङ कसुर, नकावजनी चोरीलगायतका विभिन्न जघन्य अपराध मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अन्य प्रतिवादीलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?