+
+

पोखराका पूर्वमेयर जिसी अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:०४

३१ साउन, काठमाडौं । पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसी अस्पताल भर्ना भएका छन् ।

जिसीको छातीमा सोमबार बेलुका अकस्मात् समस्या देखिएको थियो । त्यस लगत्तै उनलाई फेवा सिटी हस्पिटलमा भर्ना गरिएको हो ।

जिसीको आईसीयू कक्षमा उपचार भइरहेको छ । ‘छाती दुखेर अस्पतालमा ल्याइएको रहेछ, हामीले मुटु रोगको समस्या हो कि भनेर आईसीयूमा राखेर उपचार सुरु गरेका थियौं, मुटुको समस्या रहेनछ,’ डा. बुद्धिबहादुर थापाले भने ।

अस्पताल भर्ना भएका जिसीलाई मेयर धनराज आचार्यले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उपचारमा संलग्न डाक्टरहरूले जिसीको अवस्था सामान्य रहेको जानकारी गराएको मेयर आचार्यले बताए ।

पूर्वमेयर यसअघि पनि अस्वस्थ भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?