+
+

विपासाको बेबीबम्पमा करणको चुम्बन : आमाबाबु बन्दै बलिउडको हट जोडी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १३:१७

काठमाडौं । बलिउड जोडी विपासा बासु र करणसिंह ग्रोबरले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । इन्स्टाग्राममा बेबीबम्पको तस्वीर सेयर गर्दै उनीहरुले आफूहरु दुईबाट तीन जना बन्न लागिरहेको भन्दै खुसी बाँडेका हुन् ।

तस्वीरमा सेतो सर्टमा विपासा देखिएकी छन् भने करणले उनको बेबीबम्पलाई चुम्बन गरेका छन् । सन् २०१६ को अप्रिलमा यी दुईले विवाह गरेका थिए ।

इन्स्टाग्राममा विपासा लेख्छिन्, ‘नयाँ समय, नयाँ चरण र नयाँ प्रकाशले हाम्रो जीवनको ऐनामा नयाँ छायाँ थपेको छ । यसले हामीलाई पहिलेभन्दा पूर्ण बनाउनेछ । व्यक्तिगत रुपमा भेटेपछि हामी दुई भयौं । हामी पहिले जे थियौं, अब हामी तीन हुनेछौं । हाम्रो प्रेमबाट प्रकट हुने सृष्टि, हाम्रो बच्चा हामीसँग चाँडै सहभागी हुनेछ र हामीलाई आनन्द थप्नेछ ।’

विपासा र करण फिल्म ‘एलोन’बाट नजिकिएका थिए । बिहेको निर्णय गर्दा विपासाका परिवार करणलाई स्वीकार्न तयार थिएनन् किनभने करणका अघिल्ला दुई विवाह असफल भएका थिए ।

तर परिवारलाई मनाएपछि विपासा र करणबीच विवाह भयो । पिंकभिल्लासँगको अन्तर्वार्तामा विपासाले विवाह असफल हुनुलाई व्यक्तिको मानवता असफल हुनुसँग तुलना गर्न नमिल्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?