
३१ साउन, काठमाडौ । गुराँस लाइफ इन्स्योरेन्सले कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
३० साउन सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजारको ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो। । कम्पनीको प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।
युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने सम्झौता गरेको कम्पनीको सेयर कारोबार रोक्का रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4