+
+

माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १७:०७

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई एनसीएचएलद्वारा प्रवर्द्धित ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीनबहादुर गुरुङलाई ‘नेपाल पे’ क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवम् व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्‍याउने लक्ष्यका नेपाल पे क्यूआर सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापा, नायब महाप्रबन्धक प्रसिद्ध राज अर्याल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?