+
+

५० वर्ष पुरानो विश्व चर्चित मार्लन ब्रान्डो प्रकरणमा ओस्कारले माग्यो माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १८:१७

काठमाडौं । सन् १९७३ को एकेडेमी अवार्ड (ओस्कार) समारोहमा बोल्न सचिन लिटलफिदरसँग जम्मा ६० सेकेन्ड समय थियो ।

आफ्नो संक्षिप्त मन्तव्यमा उनले मार्लन ब्रान्डोका तर्फबाट उत्कृष्ट अभिनेताको लागि ओस्कार अस्वीकार गरिन् । उनको मन्तव्यलगत्तै चर्को हुटिङ र जयजयकार भयो । उनले राष्ट्रिय टेलिभिजनमा आदिवासी अधिकारको पक्षमा बोलिन् ।

यो सबथोक भएको झण्डै ५० वर्षपछि ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एण्ड साइन्सेजले औपचारिक रुपमा लिटलफिदरलाई उनको भाषणको क्रममा र त्यसपछिका वर्षमा अनुभव भएका दुव्र्यवहारको लागि माफी मागेको छ ।

‘उक्त मन्तव्यको कारण तपाईंले भोग्नुभएको दुव्र्यवहार अनुचित थियो,’ एकेडेमीका पूर्वअध्यक्ष डेभिड रुबिनले लिटलफिदरलाई प्रेषित पत्रमा उल्लेख गरेका छन्, ‘तपाईंले भोग्नुभएको भावनात्मक बोझ र हाम्रो उद्योगमा तपाईंको योगदान अपूरणीय छ । तपाईंले देखाउनुभएको साहस धेरै लामो समयसम्म स्मरणीय रहनेछ । यसका लागि हामी गहिरो माफी र तपाईंको इमान्दारिताप्रति उच्च प्रशंसा गर्छौं ।’

आफ्नो ऐतिहासिक ओस्कारको उपस्थितिबारे छलफल गर्न लिटलफिदर आगामी महिना एकेडेमी म्युजियम अफ पिक्चर्समा उपस्थित हुने भएकी छन् । यो उपस्थितिमा फिल्ममा आदिवासीको अधिकारबारे पनि छलफल हुने जनाइएको छ ।

ओस्कारबाट माफीसहितको पत्र प्राप्त भएपछि लिटरफिदरले आफ्नो सपना पूरा भएको बताएकी छन् । ‘एकेडेमीले मागेको मागीबारे कुरा गर्दा हामी इण्डियनहरु निकै धैर्यवान् छौं । धैर्य गर्न थालेको ५० वर्ष मात्र भयो,’ उनले भनिन्, ‘प्रत्येक समय हामीले सेन्स अफ ह्युमरलाई जीवित राख्नुपर्छ । जीवन बाँच्ने यो हाम्रो शैली हो ।’

जब ब्रान्डोले फिल्म ‘द गडफादर’मा आफ्नो अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड जिते, उनी त्यतिबेला ओस्कर कार्यक्रममा अनुपस्थित थिए । यसको सट्टामा उनले अभिनेत्री तथा कार्यकर्ता समेत रहेकी लिटरफिदरलाई समारोहमा उपस्थित हुन र उनको तर्फबाट पुरस्कार अस्वीकार गर्न आग्रह गरे ।

बक्सिन पहिरनमा चुपचाप र शान्त रुपमा ओस्कारको स्टेजमा चढेर लिटरफिदरले आफूलाई एक अपाचे महिला र अमेरिकी राष्ट्रिय आदिवासी कमिटीको अध्यक्षको रुपमा प्रस्तुत गरिन् ।

‘धेरै अफसोसका साथ ब्रान्डोले पुरस्कार स्वीकार्न सक्दैनन् । यो हुनुको कारण आज अमेरिकी फिल्म उद्योगले अमेरिकी इण्डिनसँगको गरेको व्यवहार हो,’ उनले भनेकी थिइन् । साथै, आफूले ओस्कारको ट्रफी नछुने समेत उनले बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?