+
+

के हो एनआईसी एशियाको सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:५७

एनआईसी एशिया बैंकले ल्याएको ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ अहिले धेरैको आकर्षणको केन्द्रमा छ । बैंकले बजारमा रहेका विभिन्न योजनाहरुको अध्ययनपश्चात् ल्याएको यो योजनाले बजारमा उपलब्ध अरु योजनाभन्दा बढी प्रतिफल दिने ग्यारेन्टी गरेको बैंकले जनाएको छ ।

बजारमा बचतकर्ताको पैसालाई गुणात्मक वृद्धि गर्ने भनेर ल्याइएका धेरै सुविधाहरू छन् । बचत खाता, साधारण मुद्दती खाता, जीवन बीमा र अन्य केही सुविधाहरू पनि छन् । ती अनेक सुविधाबीच बचतकर्ताले गुणात्मकरुपमा आउने भनिएको प्रतिफल कति पाउँछन् भन्ने खासै सोचिंदैन ।

बजारमा उपलब्ध भएका योजनासँग तुलना गर्दा ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ले साधारण मुद्दतीभन्दा करिब २ गुणा, बचत भन्दा करिब ३ गुणा र जीवन बीमा भन्दा ४ गुणा बढी प्रतिफल दिने दाबी बैंकले गरेको छ ।

एक पटक बजारमा उपलब्ध भएका विभिन्न बचत सुविधा र एनआईसी एशिया बैंकले ल्याएको १० गुणासम्म प्रतिफल आउने मुद्दती योजनासँग तुलनात्मक रुपमा हेर्न बैंकको सुझाव छ ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेका अनुसार यदि २२ वर्षका लागि बचत खातामा १० लाख रुपैयाँ राखेको छ भने त्यसबाट आउने औसत ब्याजदर ६.०३ प्रतिशत आउँछ । यो ब्याजदरबाट १० लाखको २२ वर्षमा ३६ लाख ४८ हजार मात्र प्रतिफल आउँछ । त्यस्तै, अहिले बैंकहरूले उपलब्ध गराइरहेका साधारण मुद्दती खातामा २२ वर्षका लागि १० लाख रुपैयाँ राख्ने हो भने ग्राहकले पाउने औसत ब्याजदर ६.३६ प्रतिशत हुन्छ । यसबाट २२ वर्षमा आउने प्रतिफल भनेको ५८ लाख ४१ हजार रुपैयाँ मात्रै हो ।

त्यसैगरी, धेरै प्रतिफल आउने आशमा बचत गर्ने अर्को योजना हो, जीवन बीमा । २२ वर्षको लागि जीवन बीमा गरेर १० लाख रुपैयाँ प्रिमियम तिर्ने हो भने त्यसको औसत ब्याजदर ६.१८ प्रतिशत मात्र हुन्छ । जसबाट आउने प्रतिफल भनेको २४ लाख ३० हजार रुपैयाँ मात्र हो ।

सीईओ न्यौपानेका अनुसार एनआईसी एशिया बैंकको १० गुणा मुद्दती योजनामा प्रतिफल भने यी सबैबाट पाउनेभन्दा उच्च छ । यस योजना अनुसार २२ वर्षको लागि १० लाख रुपैयाँ निक्षेप राख्ने हो भने यसबाट आउने औसत ब्याजदर ११.०३ प्रतिशत हुन्छ । यस अनुसार १० लाख रुपैयाँ २२ वर्षको लागि राख्ने हो भने १ करोड रुपैयाँ प्रतिफल आउँछ । यसरी हेर्दा एनआईसी एशिया बैंकको ‘१० गुणा मुद्दती योजना’ बाट ग्राहकलाई साधारण मुद्दतीभन्दा करिब २ गुणा, बचतभन्दा करिब ३ गुणा, र जीवन बीमाभन्दा ४ गुणा बढी प्रतिफल प्राप्त हुनेछ ।

‘एनआईसी एशिया १० गुणा मुद्दती योजना बैंकिङ क्षेत्रमा उपलब्ध कुनै पनि योजनाहरू भन्दा धेरै राम्रो छ,’ एन आई सी एशिया बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले भने, ‘तपाईंहरूले नै हेर्न सक्नुहुन्छ, यो योजनाले साधारण मुद्दतीभन्दा करिब २ गुणा, बचतभन्दा करिब ३ गुणा र जीवन बीमाभन्दा ४ गुणा बढी प्रतिफल दिन्छ ।’

न्यौपानेका अनुसार बैंकले दश गुणा प्रतिफलको साथमा ग्राहकलाई थप फाइदा दिने उद्देश्यले ५ वर्ष अवधिका लागि ८४ लाख रुपैयाँसम्मका ३ बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ५ लाख रुपैयाँसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप तथा पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशतसम्म कर्जा सुविधा उक्त बचत योजनामा उपलब्ध गराएको छ ।

एनआईसी एशिया बैंकको १० गुणा योजना अन्य योजनाहरूभन्दा कसरी राम्रो सावित भयो ? यसको आँकडा निम्नानुसार प्रस्तुत गरिएको छः

विवरण लगानी अवधि औसत ब्याजदर लगानीसहितको प्रतिफल फाइदा
जीवन बीमा गर्दा रू.१० लाख २२ वर्ष ६.१८ प्रतिशत रू.२२ लाख यसरी हेर्दा एनआईसी एशिया बैंकको ‘१० गुणा मुद्दती योजना’ बाट ग्राहकहरूलाई साधारण मुद्दती भन्दा करिब २ गुणा, बचत भन्दा करिब ३ गुणा र जीवन बीमा भन्दा ४ गुणा बढी प्रतिफल प्राप्त हुनेछ ।
बचत गर्दा (वार्षिक रू. ५१,६१५ प्रिमियम तिर्दा) (नेपालको एक प्रमुख बीमा प्रदायक बीमाको जीवन बीमा योजनालाई लिँदा) ६.०३ प्रतिशत रू.३६ लाख ४८ हजार
साधारण मुद्दती रू.१० लाख २२ वर्ष ८.३६ प्रतिशत रू.५८ लाख ४१ हजार
एनआईसी एशिया १० गुणा मुद्दती योजना रू.१० लाख निक्षेप गर्दा २२ वर्ष ११.०३ प्रतिशत रू.१ करोड

नोटः उल्लेखित विवरण वर्तमान बजारको दरको आधारमा प्रक्षेपण गरिएको छ ।

बैंकले उक्त मुद्दती निक्षेप योजना ल्याउनुअघि आम नागरिकको बैंकिङ आवश्यकता र अपेक्षालाई पहिचान गरेर बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेको जनाएको छ । त्यही अध्ययनका आधारमा बैंकले निक्षेप योजनाहरूलाई निरन्तर थप ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरू सुनिश्चित गर्न यो योजना ल्याएको जनाएको छ ।

सबैले आफ्नो दुःखले आर्जन गरेको कमाइको पैसामा सम्बन्धित प्रतिफल आशा गर्नु सामान्य हो । सर्वाधिक उच्च प्रतिफल दिने वित्तीय साधानको सही छनोट गरेमा उच्च प्रतिफल दिने ग्यारेन्टी हुन्छ । एनआईसी एशियाको १० गुणा योजना नेपालको वित्तीय क्षेत्रमै नभएको र आजको ग्राहकको आवश्यकतालाई समुचित रुपमामा सम्बोधन गरेको योजना भएको दाबी बैंकको छ ।

के हुन् त बीमा सम्बन्धी फाइदाहरू ?

यस १० गुणा निक्षेप योजनामा रू. ५ लाखसम्मको निःशुल्क क्रेडिट कार्ड सुविधा र निक्षेप एवं पाकेको ब्याज रकमको धितोमा ९० प्रतिशत सम्म कर्जा सुविधाको अतिरिक्त ५ वर्षको लागि रू. ८४ लाखसम्मका ३ बीमा सम्बन्धी फाइदाहरू समेत दिने योजना रहेको बैंकले जनाएको छ ।

न्यूनतम १ लाख रुपैयाँ निक्षेप राख्नेले  ५ वर्षको लागि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध हुने बैंकले जनाएको छ ।यस बचत योजनामा ग्राहक एवं उसले मनोनित गरेका ३ अन्य व्यक्तिहरूले प्रतिव्यक्ति २१ लाखसम्मको बीमा लाभको फाइदा पाउनेछन् ।

बैंकले ग्राहकको आवश्यकतालाई मनन् गर्दै खाता सञ्चालक एवं उसले मनोनयन गर्न सक्ने परिवारका सदस्य वा अन्य व्यक्तिहरूको समेत खातावालाले प्राप्त गर्ने बराबरकै बीमा फाइदा निक्षेप योजनामा उपलब्ध गराएको छ ।

यस निक्षेप योजना अनुरुप खातावालाले मनोनयन गरिएको व्यक्तिले बीमा फाइदा उपयोग गर्नको लागि बैंकमा सहज बण्डल खाता खोली बीमा फाइदा उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

न्यूनतम ५० हजार रुपैयाँ निक्षेप गर्ने ग्राहकलाई ५ वर्षको लागि ४२ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध हुने बैंकले  जनाएको छ । यस बचत योजनामा निक्षेप खाता सञ्चालक एवं उसबाट मनोनित १ अन्य व्यक्तिले प्रतिव्यक्ति २१ लाख रुपैयाँसम्मको बीमाको फाइदा पाउनेछन् ।

बैंकले ग्राहकको आवश्यकतालाई मनन् गर्दै खाता सञ्चालक र उसले मनोनयन गर्न सक्ने परिवारका सदस्य वा अन्य व्यक्तिहरूको समेत खातावालाले प्राप्त गर्ने बराबरकै बीमा फाइदा निक्षेप योजनामा उपलब्ध गराएको जनाएको छ ।

यस निक्षेप योजनामा खाता सञ्चालकले मनोनयन गरिएको व्यक्तिले बीमा फाइदा उपयोग गर्न बैंकमा सहज बण्डल खाता खोल्नुपर्ने हुन्छ ।

न्यूनतम २५ हजार निक्षेप राख्ने बचतकर्तालाई ५ वर्षको लागि २१ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?