+
+

राजेश हमाललाई लिएर भुवन केसी पर्यटन बोर्डमा, फिल्ममार्फत पर्यटन प्रवर्द्धनबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते ११:३२

काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी र अभिनेता राजेश हमालले पर्यटन क्षेत्रको विकासमा सहकार्यका लागि पर्यटनलाई बोर्डलाई प्रस्ताव गरेका छन् ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई भेटन आइतबार भुवन राजेशलाई लिएर पर्यटन बोर्डमा पुगेका थिए । दुई पक्षबीच भएको छलफलमा फिल्ममार्फत पर्यटन विकासमा सघाउन सकिने उपायबारे छलफल भएको थियो ।

सरकारले हालै घोषणा गरेको नेपाल भ्रमण दशकलाई फिल्म क्षेत्रको माध्यमबाट कसरी योगदान पुर्‍याउन सकिन्छ भन्नेबारे छलफल भएको भेटपछि अध्यक्ष केसीले जानकारी दिए ।

छलफलमा पर्यटन बोर्ड सीईओ रेग्मीले नेपाललाई अन्तर्राष्ट्रिय छायांकन थलोको रुपमा विकास गर्नुपर्ने र यसका लागि बोर्डले नेपालमा छायांकन हुने फिल्मलाई छुट दिन आफूहरु तयार रहेको बताएका थिए ।

सरकारले पनि यो आर्थिक वर्षको बजेटमार्फत नेपाललाई अन्तर्राष्ट्रिय छायांकन केन्द्रको रुपमा विकास गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?