+
+

भक्तपुरमा रातभर भैरव र महाकाली नाच (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १७:१६

१ भदौ, भक्तपुर । गाईजात्राको दिनदेखि भक्तपुरको मध्यपुर ठिमीमा मनाइने मल्लकालीन लायकू भैरव नाच र महाकाली नाँच टोलबासीलाई देखाइएको छ ।

विगत ४५ वर्षदेखि स्थगित यो जात्रा विगत चारवर्ष देखि पुनः थालनी गरिएको हो। भैरव जात्राका क्रममा प्रत्येक दिन टोलबासीलाई भोज खुवाइ यो नाच देखाउने चलन छ ।

आइतबार राति ८ बजे भोज खुवाइ सुरू भएको भैरव नाँच मंगलबार रातभर देखाइएको थियो। यो नाँच हेर्न लायकूदेखि बालकुमारी मन्दिरसम्‍म स्थानीयको भीड लागेको थियो।

लायकूबाट निकालिने नाँच त्यहाँस्थित गणेश, भैरव, बालकुमारी मन्दिरको परिक्रमा गरी सोही स्थानमा नचाइन्छ भने स्थानीय इनाय टोल, धीगू टोल लगायत विभिन्‍न १२ टोलको परिक्रमा गरिने छ भने सोमबार बिहान पुन: लायकूमै पुर्‍याइ सम्पन्‍न गरिएको छ।

मल्लकालिन वंशावलीमा ‘मदये काम गा गू’ अर्थात नभइ नहुने उलेलेख गरिएको नाचमा दुई भैरव, दुई दागी अर्थात देवी र ज्‍यापूको एक गरी पाँचजना व्‍यक्तिले देवताको मुकुण्डो धारण गरी नाँच प्रदर्शन गरिन्छ।

स्थानीय युवाहरुको सक्रियतामा लायकू दरवारबाट ४५ वर्षपछि यो नाँच निकालिएको स्थानीय युवाहरुले बताएका छन्। उनीहरुका अनुसार यसअघि ८५ वर्षीय गोपाल प्रजापतिको अगुवाइमा यो नाँच निकालिन्थ्यो। तर विचमै रोकिएको थियो यो भैरव नाँच। पहिला पहिला प्रजापतिहरुले यो नाचलाइ निकाल्‍ने गर्दथे।

भैरव नाँचमा तान्त्रिक विद्या अनुसार भैरव, कुमारी र ज्यापू गोको मुकुण्डो लगाइ नाँच्‍नेहरुको शरीरमा दवीदेवता प्रवेश गर्छन् भन्‍ने विश्वास छ। यसका साथै यो नाँच देखाएमा भूत, प्रेत र अनिष्ट हटेर जान्छ भन्‍ने जनविश्वास छ। परापूर्वकालमा ठिमीमा भूत, प्रेतले निक्कै दु:ख दिएपछि भैरव नाँच चनाउन थालिएको किंवदन्ती छ।

यस्तै मध्‍यपुर थिमीको दिगु टोलमै ८० वर्षपछि महाकाली नाँच समेत दुखाइएको छ । यो नाँच पनि जनैपूर्णिमाको भोलिपल्टदेखि सुरू गरिएको थियो । उक्त ऐतिहासिक नाँच दिगुटोल, चपाचो, वाननीलगायतका स्थानमा देखाइएको थियो जसमा महाकाली, महालक्ष्मी, देवी, सिंहर दैत्य, भूत भैरव, कावाख्‍या तथा माक देवगण गरी १७ देवीदेवतालाई नचाइएको थियो ।

हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?