+
+

मुख्यमन्त्री पाण्डे र श्वेता खड्काबीच के विषयमा भयो कुराकानी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १६:५९

काठमाडौं । अभिनेत्री श्वेता खड्काले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई भेटेकी छन् । मंगलबार बेलुका काठमाडौंको मनमोहन अस्पतालमा आफूले मुख्यमन्त्री पाण्डेलाई भेटेको श्वेताले बताइन् ।

त्यसक्रममा उनीहरुबीच सामाजिक र व्यावसायिक विषयमा कुराकानी भएको छ । ‘मनमोहन अस्पताल स्थापनादेखि नै उहाँसँग राम्रोसँग चिनजान थियो । काठमाडौं आएको मौका पारेर भेट भएको हो । केही सामाजिक र व्यावसायिक कुरामा छलफल भयो,’ मुख्यमन्त्री पाण्डेसँगको भेटबारे श्वेताले अनलाइनखबरसँग भनिन् ।

भेटमा श्वेताका श्रीमान विजयन्द्रसिंह राउत पनि सहभागी थिए । आमा बन्ने तयारीमा रहेकी श्वेता पछिल्लो समय घरमै आराम गरिरहेकी छन् । चिकित्सकले उनलाई मंसिर पहिलो साताको डेलिभरी डेट दिएका छन् ।

मुख्यमन्त्री पाण्डेसँगको भेटको तस्वीरमा श्वेताको यो प्रेगनेन्सी लुक्स देखिन्छ । गर्भावस्थाको कारणको उनको तौल बढेको देखिन्छ । यतिबेला श्वेताको व्यावसायिक पाटो पति विजयन्द्रले सम्हालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?