+
+

ऊर्जामन्त्रीको आक्रोश : महिनौं बिजुली मिटर नदिने, तलब बढ्दा पनि बोनस चाहिने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १९:५५
फाइल तस्वीर

१ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई बोनस नमाग्न आग्रह गरेकी छिन् । प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले यसै वर्ष मात्रै सरकारले १५ प्रशिशत तलव बढाएको स्मरण गर्दै थप आर्थिक माग नराख्न आग्रह गरिन् ।

प्राधिकरणका कर्मचारी युनियनहरुले बोनस वितरण गर्न माग गर्दै आएका थिए । प्राधिकरणले पनि बोनस वितरण गर्ने गृहकार्य गरेको थियो । तर, त्यसको जनस्तरबाट विरोध भएपछि प्राधिरकण पछि हटेको छ ।

बुधबार भएको प्राधिकरणको वार्षिकउत्सव कार्यक्रममा उनले कोभिडको महाविपत्तिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताइन् ।

‘मलाई अच्चम लागछ, अहिले बोनसको कुरा उठ्दैछ, यो देशमा ३ करोड जनाता छैनन् ? अरबका खाडीमा जाने ४० लाख युवा बारे एक पटक सोच्नुस्,’ उनले प्राधिरकणका कर्मचारीलाई प्रश्न गरिन्, ‘सोचनीय कुरा हैन ? यहाँ अवसर नपाएर ५० डिग्री तापक्रममा काम गर्ने शव बनेर देशमा फर्किरहेका नागरिकलाई सम्झिनुस् ।’

उनले बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिइन् । ‘कर्मचारी मात्रै नबनौं, दशेभक्त नागरिक बनौं’ उनले भनिन् ।

उनले यो वर्ष प्राधिकरणका सबै कर्मचारीलाई १५ हजार वार्षिक उत्सव भत्ता दिने निर्णय भएको बताइन् । गत वर्ष यस्तो भत्ता १० हजार रुपैयाँ दिइएको थियो ।

यसतै ४२ महिनाको सावधिक जीवन बीमालाई ५२ महिनाको बनाएको उनले जानकारी दिइन् ।

प्राधिकरणका कर्मचारीको कार्यशैली प्रति पनि उनले रोष प्रकट गरिन् । उनले सरकारले विद्युत् खपत बढाउन आग्रह गर्दै हिँड्ने तर प्राधिकरण कर्मचारीले एउटा थ्री फेज मिटर दिन पनि महिनौं लगाएको भन्दै त्यस्तो प्रवृत्ति अन्त्य गर्न निर्देशन दिइन् ।

‘ऐन र नियम परिवर्तन गर्‍यौं, अब कर्मचारीको सोच र शैलीमा परिवर्तन आवश्यक छ । मन्त्रालय, मन्त्री र प्राधिकरणले चाहेजति विद्युत खपत गर्नुहोस्, लोड स्वीकृत गर्नुस् भन्दै हिँड्ने, तर एउटा थ्रीफेज मिटर माग्दा महिनौं कुर्नुपर्ने अवस्था अझै विद्यमान छ,’ उनले भनिन्, ‘अबका दिनमा यस्तो व्यवहार र सेवा प्रवाहको शैली परिवर्तन गर्नु जरुरी छ । त्यस्तालाई कारवाही गर्न निर्देशन दिन्छु ।’

उनले एक ठाउँमा ६ महिनासम्म पनि थ्री फेज मिटर नदिएको जानकारी आफूलाई रहेको भन्दै वितरण विभाग प्रमुख मनोज सिलवालको ध्यानाकर्षण गराइन् ।

‘काम केन्द्रको गर्ने भत्ता स्थानीयको खाने प्रवृत्ति राम्रो हैन । सञ्चालन नै नभएका आयोजनामा भत्ता सुविधाका लागि जाने प्रवृत्ति छ’ उनले भनिन् ।

उनले कर्मचारीको वृत्ति विकासमा पनि ध्यान गएको छ भन्दै दैनिक ज्यालादारीलाई मासिक ज्यालादारी बनाउन प्रक्रिया अघि बढाएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?