+
+

सानिमा बैंकको ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १८:११

१ भदौ, काठमाडौं । सानिमा बैंकले ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको छ । परिवारका सबै सदस्यलाई लक्षित गरी १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा सहितको ‘सानिमा फेमिली सुपर सेभिङ’ खाता सञ्चालनमा ल्याएको बैंकले बताएको छ ।

मासिक ब्याज भुक्तानी गर्नेगरी वार्षिक ८.०३ प्रतिशत ब्याजदर, प्रत्येक परिवारका सदस्यलाई १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगको बीमा, २५ हजारको अवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेज समेत उक्त बचत खातामा उपलब्ध रहेको बैंकको भनाइ छ ।

यसबाट ग्राहकलाई औषधि उपचार खर्च गरी बीमा बापत शोधभर्ना लिनु पर्ने झन्झटबाट छुट्कारा मिल्ने बैंकको दाबी छ ।

सानिमाका ग्राहकले आफ्नो बीमा पोलिसी नम्बर उपलब्ध गराएर औषधि उपचार गराउन सके बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?