+
+

भरतमोहन अधिकारी प्रतिष्ठानले ज्येष्ठ नागरिकलाई बाँड्यो मोबाइल फोन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते ८:२२
ज्येष्ठ नागरिकलाई मोबाइल फोन हस्तान्तरण गर्दै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

२ भदौ, काठमाडौं । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रुपमा सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ ।

प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षामा सहभागी सबैलाई एक–एक थान मोबाइल फोन उपलब्ध गराइएको प्रतिष्ठानले जनाएको छ ।

बुधबार बुङमतिमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ज्येष्ठ नागरिकलाई मोबाइल हस्तान्तरण गरे ।

प्रतिष्ठानले अधिकारीको ८६ औं जन्मजयन्तीका अवसरमा गत वर्ष एक वर्षे ‘ज्येष्ठ नागरिकका लागि आधारभूत शैक्षिक कार्यक्रम’ मार्फत निरक्षर ज्येष्ठ नागरिकलाई सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन प्रयोग गर्न र इलेक्ट्रोनिक सामान प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाइने घोषणा गरेको थियो ।

समयसीमाभित्रै उक्त लक्ष्य हासिल भएको प्रतिष्ठानकी सदस्य एवं दिवंगत वामपन्थी नेता भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारीले जानकारी दिइन् । ज्येष्ठ नागरिकलाई आफन्त, साथीभाइ र सन्तानहरुसँग कुराकानी गर्न सहज होस् भन्नका लागि मोबाइल वितरण गरिएको अधिकारीले बताइन् ।

प्रतिष्ठानले प्रदेश–१ को विराटनगरमा पनि यस्तै प्रकृतिको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमलाई सातवटै प्रदेशमार्फत देशभर विस्तार गरिने प्रतिष्ठानकी अध्यक्ष एवं भरतमोहनकी पत्नी सविता अधिकारीले जानकारी दिइन् ।

तत्कालीन एमाले नेतृत्वको अल्पमत सरकारका अर्थममन्त्री छँदा अधिकारीले आफ्नो गाउँ आफैं बनाऔं, गाउँगाउँमा सहकारी, घरघरमा भकारी, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमको थालनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?