+
+

यी हुन् धेरै दिन गयल हुने सांसदहरु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १९:५१

२ भदौ, काठमाडौं । संसदमा सबैभन्दा बढी समय अनुपस्थित हुने १५ जना सांसदहरुको नामावली सार्वजनिक भएको छ ।

सबैभन्दा लामो समय विदा बस्‍ने सांसद नवराज रावत छन् । उनी साउन ३ गतेदेखि भदौ २२ गतेसम्‍म विदामा छन् । संसद सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार उनी निजी कामका लागि अमेरिका भ्रमणमा छन् ।

सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरुको नामावली प्रस्तुत गरेका हुन् ।

धेरै गयल हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन् ।

यसैगरी सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरुको सूचीमा परेका छन् ।

हेर्नुस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?