+
+

माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यूआर कोड हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १६:५२

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘नेपाल नाई संघ’लाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले संघलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।

देशका विभिन्न स्थानमा रहेका तीन लाख भन्दा बढी सैलुन व्यवसायीहरु लाभान्वित हुने उद्देश्यले संघलाई क्यूआर कोड हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

काठमाडौंमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैकिङ अधिकारी माधव सुवेदीले संघका अध्यक्ष राजाराम ठाकुरलाई क्यूआर कोड हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?