+
+

हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा आरती

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ भदौ ३ गते १९:३३

३ भदौ, भक्तपुर । भाद्र कृष्ण जन्माष्टमिको दिन शुक्रबार भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट बालकदेखि युवासम्मले हात, काँध र टाउकोमा बत्ती राखेर खाली खुट्टा नै नगर परिक्रमा गरेका छन् ।

उनीहरुले हात र टाउकोमा गोवर र सोलीमा बत्ती बाली दत्तात्रय हुँदै सुकुल ढोका, कुमाले टोल, भक्तपुर दरवार स्क्वायर हुँदै पुन: दत्तात्रयमै खाली खुट्टा नगर परिक्रमा गरेका हुन् ।

नेवार समुदायको सांस्कृतिक पोशाक लगाएर उनीहरु दिप यात्रामा सहभागी भएका हुन् ।

गाईजात्राको अवसर पारेर भक्तपुरमा हरेक वर्ष दिप प्रज्वलन यात्रा आयोजना गरिदै आएको छ । नगर परिक्रमाका क्रममा घिन्ताङ घिसी, बासुरी बाजा तथा धिमे बाजा बजाउने गरिन्छ ।

हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?