+
+

प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति गुमायौं : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १०:२२

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले देशले प्रजातान्त्रिक  समाजवादको व्याख्या गर्ने व्यक्ति गुमाएको बताएका छन् ।

समाजवादी चिन्तक तथा कांग्रेस नेता प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन मेडिसिटी अस्पताल पुगेका कोइरालाले बीपीले कल्पना गरेको समाजवादको व्याख्या गर्नसक्ने व्यक्ति गिरि मात्रै भएको बताए ।

‘प्रजातान्त्रिक समाजवादको व्याख्या गर्ने व्यक्ति हामीले गुमायौं’ उनले भने, ‘बीपीले कल्पना गरेको कुरालाई राम्रोसँग प्रदीप दाइले व्याख्या गर्नुहुन्थ्यो । प्रदीप दाइबाहेक मैले एउटा पनि व्यक्ति देखेको छैन ।’

अहिले कांग्रेस पार्टी पनि प्रजातान्त्रिक समाजवादको बाटोमा केही चुकेको उनले बताए ।  ‘कांग्रेस यो बाटोमा कताकता चुकेको हो कि जस्तो लाग्छ । अब फेरि सुरु गर्नुपर्छ ।’

नेता गिरि जस्तो सादगी जीवन बाँच्ने र पदको चाहना नगर्ने व्यक्ति नेपाली राजनीतिमा विरलै पाइने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?