+
+

कांग्रेस नेता गिरिको श्रद्धाञ्जलीको कार्यक्रम जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १०:५४

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जलीको कार्यक्रम जारी छ ।

मेडिसिटी अस्पतालको शिवालयमा राखिएको उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा लब्धप्रतिष्ठित व्यक्तिहरु पुगेका छन् ।

पूर्वराष्ट्रपति रामवरण यादव, कांग्रेस नेता शेखर कोइराला, अर्थमन्त्री जनार्दन शर्मा, स्वामी आनन्द अरुण लगायत अस्पताल पुगेका छन् ।

अस्पताल परिसरमा गिरिको पार्थिव शरीर ११ बजेसम्म राख्ने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा ल्याइने कार्यक्रम छ । कांग्रेस केन्द्रीय कार्यालयमा दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने नेपाली कांग्रेसले जनाएको छ ।

भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?