+
+

कान्जिभाइको कविता संग्रह ‘कमरेडको जनै’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते ११:२७

५ भदौ,  काठमाडौं । युवा कवि सुविन न्यौपाने ‘कान्जिभाइ’को पहिलो कविता सङ्ग्रह ‘कमरेडको जनै’ सार्वजनिक भएको छ ।

कवि श्रवण मुकारुङ, बिन्दु शर्मा, मानुषी भट्टराई र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संयुक्तरुपमा कविता संग्रह सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा बोल्दै लेखक मानुषी भट्टराईले सामान्य जस्तो लाग्ने पात्र-प्रवृत्तिलाई समेत कवि कान्जिभाइले असाधारण ढंगले पस्किएको बताइन् । ‘कमरेडको जनैभित्रका कविताले हरेक राजनीतिकर्मीलाई कसका लागि राजनीति गरिएको छ भनेर सोच्न बाध्य गराउने छ,’ उनले भनिन् ।

समीक्षक बिन्दु शर्माले भने  सार्वभौम अभिव्यक्ति र समकालीन चेतका आधारमा कविले कविता रचना गरेको उल्लेख गरिन् ।

कवि श्रवण मुकारुङले कविताको विषयवस्तु समान भएपनि कविको शिल्प र शैली नितान्त मौलिक हुनुपर्नेमा जोड दिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कवि-लेखकले नेतृत्ववर्गलाई सधैं सचेत राख्न धारिला सृजना गरिरहनुपर्ने बताए । ‘देश  बन्नु भनेको बाटो र बिजुली बन्नुमात्र होइन, ठूला भवन र सहर बन्नुमात्र होइन । संस्कृति, सभ्यता र कलामा समुन्नत हुनुचाहिँ देश बन्नु हो’, नेता शर्माले भने ।

कार्यक्रममा वसन्त भट्ट र  निर्भीकजंग रायमाझीले संग्रह भित्रबाट कविता वाचन गरेका थिए । इन्डिगो इन्कले प्रकाशन गरेको ‘कमरेडको जनै’भित्र ४७ वटा कविता संग्रहित छन् । पुस्तकको मूल्य २९९ रुपैयाँ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?