+
+

विदेशी मुद्रा सञ्चितिको दबावलाई कम गर्न कृषि उत्पादनको निर्यात बढाऔं : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १०:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा सञ्चितिको दबाव कम गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन् ।

नेपाल कुचो संघको प्रथप वार्षिक साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै ढकालले अहिले मुलुकमा देखिएको विदेशी मुद्रा सञ्चितिको दबाव कम गर्न कृषि उपजको उत्पादन तथा निर्यात बढाउनुपर्ने बताए ।

‘कृषि उपजहरुको उत्पादन तथा निर्यात बढाउन सकियो भने मात्र हाम्रो आर्थिक गतिविधि चलायमान हुन्छ । यसले एकातर्फ हाम्रो आयात प्रतिस्थापन गर्न सहयोग पुग्छ भने अर्कोतर्फ निर्यात बढाई विदेशी मुद्रा सञ्चितिमा समेत सहयोग पुग्छ’ उनले भने । उनले कृषिको विकास तथा यस क्षेत्रको समस्या समाधान गर्न महासंघले पहल गर्ने बताए ।

‘कृषिजन्य उत्पादनमा मात्रै औपचारिक तथा अनौपचारिक रुपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु । यसलाई अझ बढाउन आवश्यक छ । तपाईंहरुले यस क्षेत्रका समस्याहरु लिखितरुपमै तयार गरेर आउनुभयो भने महासंघले सरकार र सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधान गर्न तयार रहनेछु’ उनले भने ।

उनले नेपाल भूपरिवेष्ठित मुलुक भएको हुनाले नेपालले कुनै पनि वस्तु आयात तथा निर्यात गर्दा समस्या रहेको बताए । नेपाल अहिले रेमिट्यान्समा आश्रित रहेको बताउँदै कृषि, पर्यटन तथा जलविद्युत् क्षेत्रको विकासमा जोड दिनुपर्ने उनले बताए ।

‘कृषि उपजलाई निर्यात गर्ने, पर्यटनलाई प्रवर्द्धन गर्ने र जलविद्युत् उत्पादन गरी निर्यात गर्ने जस्ता तीन वटा मात्र काममा फोकस गर्न सकेमा नेपालले अहिलेको जस्तो रेमिट्यान्स क्षेत्रको मात्र भर पर्न नपर्ने हुन्छ’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?