+
+

गिरिको निधनमा बिहारका मुख्यमन्त्रीले भने : एक सच्चा नेपाली साथी गुमाएँ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १८:०४

५ भदौ, काठमाडौं । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरीको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री नितिशले नेता गिरीसँग आफ्नो व्यक्तिगत सम्बन्ध रहेको भन्दै उनी दार्शनिक र समाजवादी विचारक रहेको उल्लेख गरेका छन् ।

गिरीको निधनको खबर सुनेरआफू स्तब्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री नितिशले आफूले एक सच्चा नेपाली साथी गुमाएको बताएका छन् ।

यसैगरी भारतको समाजवादी आन्दोनका एक अगुवा तथा जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर आनन्दकुमारले नेपालले समाजवादी आन्दोलनका एक हस्ती गुमाएको वताएका छन् ।

आन्नन्दकुमार नेपालमा भएको २०६२/०६३ आन्दोलनसहित विभिन्न समयमा भएका न्याय र समानताका आन्दोलनका एक सहभागी पनि हुन्। उनले स्वर्गीय गिरिप्रति श्रद्धाञ्जली अर्पण गदै आफूले एक मित्र गुमाउनु परेकोमा दुख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?