+
+
WC Series
Won काठमान्डु गोर्खाज 2025
157/8 (20)
VS
Kathmandu Gorkhas won by 22 runs
लुम्बिनी लायन्स 2025
135/10 (19.1)
Shares
आम चुनाव २०७९ :

उम्मेदवारले १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १४:२९

६ भदौ, काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचनमा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव आएको छ ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो ।

‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने,’ निर्वाचन आचारसंहिताको प्रस्तावमा उल्लेख छ ।

यसअघिका निर्वाचनमा राष्ट्रिय झण्डाबारे केही उल्लेख नभएता पनि यसपाली गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय झण्डाको प्रयोग गरेपछि त्यसबारे प्रश्न उठेको थियो ।

यसपटक प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु उठ्ने देखिएको र उनीहरुले राष्ट्रिय झण्डा नै प्रयोग गर्ने भएकाले पछि विवाद नआओस् भनेर निर्वाचन आयोगले यो प्रस्ताव ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?