+
+

फिल्म अध्ययन गर्न २० जनालाई छात्रवृत्ति दिइने, बोर्डले माग्यो आवेदन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १५:४१

काठमाडौं । चलचित्र विकास बोर्डले २० जनालाई चलचित्र छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसका लागि उसले आवेदन मागेको छ ।

सोमबार गोरखापत्रमा सूचना जारी गर्दै बोर्डले असोज ४ गतेभित्र आवेदन दिन भनेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिको लागि प्रोत्साहन गर्न छात्रवृत्ति दिन लागिएको सूचनामा उल्लेख छ ।

सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धानदाता र शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातसहित छात्रवृत्तिको लागि आवेदन पेश गर्न भनिएको छ ।

चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका दुई जनालाई विद्यावारिधि शोधवृत्ति र चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका दुई जनालाई दर्शनाचार्य शोधवृत्ति छात्रवृत्ति दिइने भएको छ ।

स्नातकोत्तर छात्रवृत्तिअन्तर्गत चलचित्र सम्बन्धी शोधकार्य गर्ने दुई जना, चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्र समेत लेख्ने विद्यार्थी दुई जनाको लागि पनि आवेदन मागिएको छ ।

चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तहमा अध्ययनरत जम्मा १० जना (खुलातर्फ ५ जना र आरक्षणतर्फ ५ जना)लाई छात्रवृत्ति दिइने भनिएको छ । आरक्षणतर्फ मधेशी, दलित र जनजातितर्फ तीन जना र महिलातर्फ दुई जनालाई कोटा छु्ट्टाइएको छ ।

चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत दुई जना विद्यार्थीले पनि छात्रवृत्ति पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?