+
+

संयुक्त लगानी सन्धि र चलचित्र प्रतिनिधिमा भुवन केसीले खोजे मन्त्रालयको साथ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १७:१४

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशी मुलुकसँग संयुक्त लगानी सन्धि र ‘चलचित्र प्रतिनिधि’ आवश्यक रहेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो पछिल्लो बेलायत यात्राको प्रतिवेदन बुझाएका छन् ।

बेलायतस्थित गैरआवासीय नेपाली र नेपाली नियोगसँगको छलफलबाट यी कुरा तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको अध्यक्ष केसीको निचोड छ । बेलायती फिल्मकर्मी नेपालमा छायांकनका लागि उत्साहित रहेको तर विदेशी मुलुकसँग अहिलेसम्म नेपालको संयुक्त लगानी सन्धि नभएकाले असहज भएको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले दूतावासमा एउटा शाखा तोकी बोर्ड र दूतावासबीच पुलको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष केसीले बताएका छन् । समन्वयकर्ता अर्थात् चलचित्र प्रतिनिधि तोक्नेबारे एनआरएनए यूकेले समेत माग गरेको जनाइएको छ ।

ब्रिटिस फिल्म इन्स्टिच्युटको पदाधिकारी टोलीसँग बेलायतमा आयोजना हुने कार्यशाला, महोत्सव, सेमिनार र प्रदर्शनमा चलचित्र विकास बोर्डलाई निम्तो दिने सहमति समेत भएको जनाइएको छ । तीनदिने लण्डन बसाइमा अध्यक्ष केसीले बेलायतस्थित नेपाली डायस्पोरासँग फिल्मबारे अन्तरक्रिया गरेका थिए ।

नेसनल डेल्फिक काउन्सिलले बेलायतमा आयोजना गरेको ‘नेपाली चलचित्रको ६ दशक, चुनौतीहरु र अन्तर्राष्ट्रिय बजारको खोजी’ कार्यक्रममा केसी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?