+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पूर्वन्यायाधीश केसीमाथि खनिए ओली : कसरी न्यायाधीशमा छानिए ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:४८

६ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश बलराम केसीमाथि कडा टिप्पणी गरेका छन् । नागरिकता विधेयकका नाममा राजनीति भन्ने लेख लेखेको भन्दै उनले केसीमाथि आलोचना गरेका हुन् ।

सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भने, ‘कांग्रेस भन्ने जात नै पूर्व न्यायाधीश भएर पनि वुद्धि ठेगानमा हुँदोरहेनछ कि क्या हो ?’

राष्ट्रवादीमाथि अमर्यादित हमला गरेको भन्दै ओलीले भने, ‘संविधान बुझेकै रहेनछन्, कसरी बीएल पास गरे ? कसरी न्यायाधीशमा छानिए ? के न्याय दिए होलान् मान्छेहरुलाई ?’

राष्ट्रपतिले विचार गर भनेर पठाएपछि नागरिकता विधेयकमाथि संसदमा छलफल गर्नुपर्नेमा संविधानले नचिनेका ‘केही पाखुरेहरु’ बसेर जस्ताको तस्तै पास गर्ने निर्णय गरेको ओलीले बताए । यो संसदमाथि हमला भएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?