+
+

आयोजना प्रभावितका लागि इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १०:३२

७ भदौ, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि ७ भदौ आजदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकेा छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको छ । उक्त सार्वजनिक निष्कासनमा आयेजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरुले आवेदन दिने सक्नेछन् ।

जिल्लाका इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आश्वा  सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सक्नेछन् साथै लगानीकर्ताले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट पनि आवेदन दिन सक्ने कम्पनीको आह्वान पत्रमा उल्लेख छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा २१ भदौ र उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा आवेदन दिने अवधि ५ असोजसम्म लम्बिनेछ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ ।

आयोजनाको प्रतिमेगावाट लागत करिब २६ करोड ११ लाख ७५ हजार रहेको छ भने कुल लागत एक अर्ब ३० करोड ५८ लाख ७३ हजार रहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?