+
+

सिरियामा मारिए इरानी सैन्य सल्लाहकार

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १७:२९

७ भदौ, तेहरान । सिरियामा इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरका एक वरिष्ठ सदस्यको मृत्यु भएको सरकारी स्वामित्वको प्रेस टिभीले मङ्गलबार जनाएको छ ।

युद्धग्रस्त देशमा सैन्य सल्लाहकारको रूपमा काम गरेका अबोलफजल अलीजानीको सोमबार बिहान मृत्यु भएको बताइएको छ। अलिजानीको शव केही दिनमा इरानमा पुर्‍याइनेछ। घटना बारे थप विवरण भने सार्वजनिक गरिएको छैन ।

इरानले सन् २०११ देखि सिरियाली सरकारको अनुरोधमा सिरियामा आफ्ना सैन्य सल्लाहकारहरूको उपस्थिति रहेको पुष्टि गरेको छ। सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?