+
+

नेपालसँग जोडिएर अन्तर्राष्ट्रिय मिडियामा किन भाइरल छिन् सेलेना गोमेज ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १७:५५

काठमाडौं । आठ वर्षअघि नेपाल आउँदा सेलेना गोमेज अन्तर्राष्ट्रिय मिडियामा छाएकी थिइन् । नेपालमा खिचिएका उनका तस्वीरहरु प्रशंसकमाझ निकै चर्चित रहे ।

यतिबेला पनि नेपालसँग जोडिएर सेलेना पुनः भाइरल भएकी छन् । यसपटक उनको यस्तो चर्चा नेपाल घुमघामबाट भने भएको होइन । नेपालको स्कुलको पुस्तकमा उनको सांगीतिक करिअर पनि समावेश भएपछि यो प्रसंग भाइरल भएको हो ।

उनका विश्वभरका फ्यानले नेपाली विद्यालयको पाठ्यपुस्तकमा आफ्नी प्रिय गायिकाबारे छापिएको पुस्तकको खबरलाई भाइरल बनाएका छन् । भारतीय अनलाइन पोर्टलहरुले पनि यसलाई लेखेका छन् ।

कक्षा ४ को पुस्तकमा सेलेनको गीत ‘हु सेज’लाई युट्युबमा सुनेर अंग्रेजी भाषा सुधार्न सकिने सन्दर्भमा लेखिएको छ । पुस्तकमा उक्त गीतको लिरिक्स समेत समावेश गरिएको छ । यो फोटोसहितको तस्वीर ट्वीटरमा भाइरल बनेको हो ।

उक्त न्युजबारे फ्यानबीच अन्तरक्रिया पनि भएको देखिन्छ । विभिन्न मुलुकका सञ्चारमाध्यमले नेपाली स्कुलको पुस्तकमा सेलेनाबारे भएको चर्चालाई लिएर समाचार बनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?